Published On : 2025-09-02 23:52:31
सदस्यताको प्रकार : यस संस्थाका सदस्यहरु देहाय बमोजिम 4 प्रकारका हुनसक्ने छन् :
(क) साधारण सदस्यः यस विधानको दफा 10 र 11 (क) बमोजिम योग्यता पुगेका “कृषि विद” 9ब्नचष्अगतिगचष्कत0 नेपाली नागरिकले साधारण सदस्यता प्राप्त गर्न चाहेमा प्रवेश शुल्क वापत रु 500 (पांच सय रुपैंया) र साधारण सदस्यता शुल्क वापत वार्षिक रु 500 (पांच सय रुपैंया) गरी जम्मा रु 1000 (एक हजार रुपैंया) बुझाई आवेदन पेश गरेमा निजलाई कार्यसमितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिनेछ । त्यस्ता साधारण सदस्यले प्रत्येक आर्थिक वर्षका लागि कार्तिक मसान्त भित्र रु 500।– तिरी आफ्नो सदस्यता नवीकरण गराई सक्नु पर्नेछ । साधारण सदस्यलाई मताधिकार एवं कार्यसमितिमा उम्मेदवार हुने अधिकार प्राप्त हुनेछ र संस्थाको सम्पूर्ण क्रियाकलापमा सक्रिय भूमिका खेल्न पाउने छन् ।
(ख) आजीवन सदस्यः यस विधानको दफा 10 र 11 (क) बमोजिम योग्यता पुगेका “कृषि विद” 9ब्नचष्अगतिगचष्कत0 नेपाली नागरिकले आजीवन सदस्यता प्राप्त गर्न चाहेमा प्रवेश शुल्क वापत रु 500 (पांच सय रुपैया) र आजीवन सदस्यता शुल्क वापत रु 3000।– (तीन हजार रुपंैया) बुझाई आवेदन पेश गरेमा निजलाई कार्यसमितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सकिनेछ । आजीवन सदस्यलाई मताधिकार एवं कार्यसमितिमा उम्मेदवार हुने अधिकार प्राप्त हुनेछ र संस्थाको सम्पूर्ण क्रियाकलापमा सक्रिय भूमिका खेल्न पाउने छन् ।
(ग) मानार्थ सदस्यः कृषि विदका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका स्वदेशी, गैरआवाशीय नेपाली तथा विदेशी कृषि विद वा ख्यातिप्राप्त व्यक्तिहरुलाई कार्यसमितिको सिफारिसमा साधारण सभाले उपयुक्त ठानेमा मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ । त्यस्ता मानार्थ सदस्यले संस्थाको विभिन्न गतिविधिमा सक्रिय सहभागीता जनाउन सक्नेछन् तर कार्यसमितिमा उम्मेदवारी र मताधिकारको अधिकार भने रहने छैन ।
(घ) संस्थागत सदस्यः कृषि क्षेत्रमा कृयाशील व्यवसायिक फार्म तथा उद्योगहरुले संस्थागत सदस्यता प्राप्त गर्न चाहेमा प्रवेश शुल्क वापत रु 500 (पांच सय रुपैया) र संस्थागत सदस्यता शुल्क वापत प्रतिवर्ष रु 5000।– (पाँच हजार रुपैंया) बुझाई आवेदन पेश गरेमा कार्यसमितिको निर्णयले संस्थागत सदस्यता प्रदान गर्न सक्नेछ । त्यस्ता संस्थाका तोकिएका प्रतिनिधिलाई संस्थाको विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउने र मतदानको अधिकार रहेपनि कार्यसमितिमा उम्मेदवार भने हुन पाउने छैनन् ।
10. सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता ः यस संस्थाको सदस्यताका लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछः
(क) नेपाली नागरिक भएको ।
(ख) उमेर 16 वर्ष पुरा भएको ।
(ग) मानसिक सन्तुलन नबिग्रिएको ।
(घ) सार्वजनिक सम्पत्ति हिनामिना गरी कसुरदार नठहरेको ।
(ङ) नैतिक पतन देखिने फौजदारी र भ्रष्टाचारीको अभियोगमा सजाय नपाएको ।
(च) नेपालको प्रचलित कानुनले बन्देज नलगाएको ।
11. सदस्यता प्राप्तीको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता
(क) राष्ट्रिय तथा अन्तरराष्ट्रिय शैक्षिक संस्थाबाट पशु विज्ञान (पशु प्रजनन्, पशु आहारा, पशु व्यवस्थापन, लाईभस्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट), भेटेरीनरी साइन्स, कृषि विज्ञान (वाली, वागवानी, मत्स्यपालन, माटो विज्ञान, वाली संरक्षण, कृषि इन्जिनियरिङ्ग, कृषि अर्थशास्त्र, बजार व्यवस्थापन तथा कृषि÷पशु सेवा प्रसार), फुड साइन्स एण्ड टेक्नोलोजी, वायोटेक्नोलोजी, एग्रोफरेष्ट्रि, वि.टेक.एड (लाईभस्टक, कृषि) लगायत कृषि, पशु र खाद्य प्रविधि क्षेत्रसंग सम्बन्धित प्राविधिक विषयमा कम्तिमा स्नातक तहको उपाधि प्राप्त व्यक्ति यस संस्थाको साधारण वा आजीवन सदस्य हुनका लागि योग्य मानिने छन् ।
(ख) तर मानार्थ र संस्थागत सदस्यको हकमा भने क्रमशः दफा 9 (ग) र 9 (घ) बमोजिम हुनेछ ।
12. संस्थाको सदस्य हुन वा वहाल रहन नसक्ने अवस्था ः देहायको अवस्थामा कुनै व्यक्तिले संस्थाको सदस्यता प्राप्त गर्न सक्ने छैनः
(क) गैर नेपाली नागरिक ।
(ख) उमेर 16 वर्ष पुरा नभएको ।
(ग) मगज बिग्रेको वा बहुलाएको ।
(घ) सार्वजनिक सम्पत्ती हिनामिना गरेको ठहरेको ।
(ङ) नैतिक पतन देखिने फौजदारी वा भ्रष्टाचारीको अभियोगमा सजाय पाएको ।
(च) साहुको ऋण तीर्न नसकी दामासाहीमा परेको ।
(छ) कुनै प्रकारको चोरी, ठगी, किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतवाट कसुरदण्ड ठहरी सजाय पाएको ।
(ज) नेपालको प्रचलित कानुनले बन्देज लगाएको ।
(झ) सदस्यताका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता नपुगेको ।
(ञ) तर मानार्थ र संस्थागत सदस्यताको हकमा दफा 12 (क), (ख) र (झ) को प्रावधान लागु हुने छैन ।
13. सदस्यताको समाप्तिः देहायको अवस्थामा संस्थाको सदस्यता समाप्ति हुनेछ ः
(क) नेपाली नागरिकता परित्याग गरेमा ।
(ख) मानसिक संतुलन गुमाएको प्रमाणित भएमा ।
(ग) राजिनामा दिई सदस्यता परित्याग गरेमा ।
(घ) विधान बमोजिमको योग्यता नरहेमा ।
(ड.) मृत्यु भएमा ।
(च) निज उपर लगाईएको अविश्वासको प्रस्ताव पारित भएमा ।
(छ) संस्थाको हित विपरित काम गरेको प्रमाणित भएमा ।
(ज) समयमै सदस्यता नवीकरण नगराएमा ।
(झ) संस्था विघटन भै खारेज भएमा ।
(ञ) साधारण सभाको दुई तिहाई बहुमत सदस्यले निजलाई सदस्य पदबाट हटाउन मनासिब छ भनी अनुमोदन गरेमा निजको सदस्यता बर्खास्त हुनेछ । तर संस्थाको सदस्यता प्राप्त गर्न वा बहाल रहन अयोग्य ठहराउनु भन्दा अगावै निजलाई सो कुराको सुचना दिई सफाईको सबुद पेश गर्ने उचित मौका दिईनेछ ।